Latest News

प्रचण्ड र देउवालाई सँगै राखेर मात्रै प्रधानमन्त्री ओलीले मुख खोल्ने

Nepalese Times April 25, 2025 (2 Month ago)    412 Views

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यसूची अन्तिम समयमा आएर स्थगित भएको छ । बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।

अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको हो।

यति बेला प्रचण्ड गोरखा पुगेका छन् भने देउवा थाइल्याण्ड पुगेका छन्। आजै फर्किने भए पनि देउवा सदनमा आइनपुग्ने भएपछि ओलीले आज नबोल्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस