Latest News

गिरीबन्धु प्रकरणमा प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पर्नेगरी सर्वोच्चले माग्यो जवाफ

Nepalese Times February 17, 2025 (3 Day ago)    499 Views

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउँदै प्रधानमन्त्रीका नाममा पनि कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमिव्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरेको हो । साथै उसले गतवर्ष सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको गिरिबन्धु टी इस्टेटसम्बन्धी मुद्दाको मिसिल समेत साथै राख्न आदेश दिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री केपी ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस