Latest News

एमाले सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा आयोगले अनुसन्धान गर्ने

Nepalese Times February 12, 2025 (1 Week ago)    38 Views

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म एक बालिकलाई बन्धक बनाई श्रमशोषण गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।

आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन सात दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको छ ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा बुधबार जारी बिज्ञप्तिमा भनिएको छ,‘ दाङ जिल्ला निवासी एक बालिकालाई सोही जिल्लाका लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्ययममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस