Latest News

‍‍‍…जब इजलासमै रवि लामिछाने उठेर चिच्याए

Nepalese Times January 3, 2025 (2 Day ago)    132 Views

काठमाडौं । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी पीडितका कानुन व्यवसायीले बहस गर्दैगर्दा रवि लामिछानेले आपत्ति जनाएका छन्। जाहेरवाला सहकारी पीडितका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्दैगर्दा लामिछानेले आपत्ति जनाएका हुन्।

लामिछानेले नेपालमा मात्र नभएर अमेरिकामा पनि कर छली गरेर नेपाल आएको र अमेरिकाको विभिन्न अदालतमा मुद्दा रहेको कुरा उठाएका थिए। भण्डारीले उक्त कुरा उठाउन थालेपछि लामिछानेले हात उठाएर ‘अब्जेक्सन’ भनेका हुन् ।

लामिछानेले आपत्ति जनाएपछि न्यायाधीश नीतिज राईले रोकेका थिए। उनले तपाईंका कानुन व्यवसायीले पछि बहस गर्नुहुन्छ भनेर रोकेका थिए । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत रकम अपचलन गरेको आरोपमा मुद्दा लागेका लामिछानेसहित ७ जनाविरूद्ध जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।

मंगलबारदेखि सुरू भएको थुनछेक बहसमा बुधबार सरकारी वकिलको बहस सकिएको थियो। बिहीबार भने जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायीले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस