काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्। आइतबार गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवर र सिआइबी प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर सो विषयमा छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर टुङ्गोमा पु¥याउन निर्देशन दिएका हुन्।
गृहमन्त्रीको स्वकीय सचिवालयका अनुसार गृहमन्त्री लेखकले उक्त विषयमा गम्भीर भएर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन्। उनले उक्त विषयमा जुनसुकै राजनीतिक दलका नेताहरुको संलग्नता भएपछि उनीहरुमाथि छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन भनेका छन्। शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये ६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।