Latest News

एनपिएल फाइनलको टिकट केही घन्टामै सकियो

Nepalese Times December 20, 2024 (1 Year ago)    394 Views

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ। बिहीबार बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेको हो। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक हजार रुपैयाँ तोकिएको थियो।फाइनलमा शनिबार मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस