काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर खिच्ने व्यक्ति रास्वपाकै समर्थकले खिचेको खुलासा भएके छ । लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । हिरासतमा रविलाई भेट्न जने क्रममा आफूले त्यो तस्बिर खिचेको रास्वपाका समर्थक डा. निकोलश भुसाले बताएका छन् ।
तस्बिर बाहिरिएसँगै रास्वपाका नेताहरुले हिरासतमा रहेका लामिछाने असुरक्षित रहेको दाबी गरेका छन् । कास्की प्रहरीले रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर कसलाई प्रमाणका रुपमा पठाउने लागेको हो भन्दै रास्वपा नेताहरुले प्रश्न गरेका छन् ।
भुसाल आफैले सो तस्बिर आफूले नै खिचेको स्वीकार गरेका छन् । ‘तस्बिर मैले नै खिचेको हो । नराख्नुपर्ने रहेछ, गल्ती भयो,’ उनले रातोपाटीसँग भने, ‘रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो । त्यसैले हटाएँ ।’