Latest News

‘मानव तस्कर’ एमालेका पूर्वमन्त्रीलाई हिरासतमा राख्ने म्याद थपियो

Nepalese Times November 12, 2024 (1 Month ago)    153 Views

काठमाडौं । नेकपा एमालेका नेता एवम् कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस