Latest News

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Nepalese Times October 20, 2024 (12 Hour ago)    157 Views

काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो।

अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए । म्याद थपसम्बन्धी बहस सकिएको र केहीबेरमा निर्णय हुने अदालत स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस