Latest News

मेयर बालेनले सार्वजनिक गरे बाल हिंसा गर्दै आएका एमाले सांसदको फोटो

Nepalese Times September 1, 2024 (2 Week ago)    319 Views

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह एक पटक फेरि नेकपा एमालेको नेतृत्वमाथि खनिएका छन् । एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित सांसद रेखा शर्माले एकजना बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको घटनामा उनले सार्वजनिक रुपमा गम्भीर आरोप लगाएका हुन् । सांसद शर्मालाई पक्राउ गर्नुपर्ने मागसहित उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सामाजिक सञ्जालमार्फत दबाब दिएका हुन् । मेयर साहले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु श्रमिकका रुपमा बाल श्रमशोषण गरेको घटनाका संलग्न सांसद शर्मालाई पक्राउ नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद शर्मालाई उक्त प्रकरणमा अदालतले मुद्दा चलाउनू भन्दा पनि वर्तमान सरकारले जोगाएर राखेको जिकिर साहले गरेका हुन् । काठमाडौं महानगरपालिकाले २ महिनादेखि कारबाही अघि बढाउनु भन्दा पनि यो सरकारले नसमातेको दाबी उनको छ । साहले प्रधानमन्त्री ओलीलाई पनि सुशासन भनेको यही हो भनेर प्रश्न गरेका छन् । उनले सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख राहत घोषणा गर्नु नै होला भनेर ओलीलाई प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस