Latest News

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, कसको मत कति ?

Nepalese Times August 28, 2024 (2 Week ago)    680 Views

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष महिला पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् ।

झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा उनै नेतृ पराजित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस