काठमाडाैं । भक्तपुरको गठ्ठाघरमा ट्रकले किचेर मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् ।
प्रहरीले ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।