काठमाडौं । भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परेकी स्कुटर चालकको पहिचान खुलेको छ। बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो। अनुसार स्कुटर चालक दोलखाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले बताए ।
ट्रकले उनले चलाइरहेको स्कुटरलाई ठक्कर दिएको थियो। घटनास्थलबाट शव शव पोष्टमर्टमको लागि महाराजगस्थित शिक्षण अस्पताल लगिएको छ। दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक दुर्घटनापछि फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।