Latest News

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्य नियुक्त

Nepalese Times August 13, 2024 (4 Month ago)    242 Views

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धादिङका रमेश आचार्य नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो ।

जसअनुसार सिफारिस समितिले आचार्यसहित तनहुँका डिल्लीराम लम्साल र भक्तपुरका गोपीकृष्ण न्यौपानेको नाम अन्तिम निर्णयार्थ मन्त्रिपरिषद्मा पठाएको थियो । आवेदन भने कुल १८ जनाले दिएका थिए । त्यसमध्यै धादिङका आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस