Latest News

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

Nepalese Times July 28, 2024 (2 Month ago)    333 Views

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भएका छन् । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको हो ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित उनलाई विगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैंया जरिवाना हुने फैसला सुनायो । जोशीमाथि डेढ वर्षको कैद सजाय हुने फैसला समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस