Latest News

श्रीमती र नाबालक छोरासँगै संधैका लागि अस्ताए मनुराज, अधुरै रह्यो पोखरा घुम्ने सपना

Nepalese Times July 24, 2024 (5 Month ago)    606 Views


काठमाडौं । बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेको छ । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो । तर विमान उडेलगत्तै विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको थियो ।

पोखरा उडेको सो विमानमा ऊर्जा मन्त्रालयकी कर्मचारी खतिवडा र उनको नाबालक छोरा समेत परेको सूचना प्राप्त भएको प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा परी अधिराज शर्मा ९बालक०को मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस