Latest News

सहकारी ठगलाई कारबाही गछौँ – प्रधानमन्त्री ओली

Nepalese Times July 21, 2024 (1 Year ago)    290 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताएका छन्।

भ्रष्टाचारी एक दिन कानूनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउने उनले बताए। जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने बताए। प्रतिनिधिसभाको बैठकमा बोल्दै भ्रष्टाचार नगर्ने र कसैलाई पनि गर्न नदिने बताए।

उनले भने, ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ। कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ।’

प्रतिक्रिया दिनुहोस