Latest News

युवाहरू खाडीमा काम गर्न जानु स्वाभाविक कुरा होः गगन थापा

Nepalese Times July 20, 2024 (1 Month ago)    148 Views

काठमाडौँ । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको बताएका छन् । जय नेपाल फाउन्डेसनले गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले युवाहरू वैदेशिक रोजगारी जाने अवस्था विगतमा कोरियामा पनि रहेको उल्लेख गरे ।

उनले अहिले युवाहरू खाडी लगायतका विदेशमा गएर काम गर्ने कुरालाई अस्वाभाविक नमान्न आग्रह गरे । उनले विगतका कोरियनहरू जर्मनीको खानीहरूमा काम गर्न जानका लागि प्रतिस्पर्धा गर्ने गरेको बताए ।

उनले नेपाललाई अव अर्को अवसर आएको बताए । नेपाललाई अब ज्ञान अर्थतन्त्र, सूचना प्रविधिमा आधारित अर्थतन्त्रमा लैजानुपर्ने बताए । उनले त्यसलाई छोप्न गणित र अङ्ग्रेजी जानेको विद्यार्थी चाहिने बताए ।

प्रतिक्रिया दिनुहोस