Latest News

केपी ओलीकी छोरी बालकोट पुगिन् !

Nepalese Times August 24, 2022 (2 Year ago)    297 Views

काठमाडौं ।
मुगुको कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी एक बालिका बालकोट पुगेकी छिन् ।

उनलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिले अभिभावकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकी हुन् ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए ।

उनकी धर्मपत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनीहरु दुबै बुधबार ओली निवास बालकोट पुगेका हुन् ।

अभिभावकत्व ग्रहणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले प्रधानमन्त्रीकी छोरीले सम्बोधन गर्ने गरेका थिए ।

दुवै जनाको पालन पोषण र पढाइ सबैको जिम्मा लिने प्रतिबद्धता ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताइन् ।

ओलीले अभिभावकत्व ग्रहण गरे पनि हालसम्म २ पटक मात्र १०र१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए । श्रीमानको मृत्यु भएको केही वर्ष भएको र पालन पोषणमा आफूलाई समस्या भएको उनले बताइन् । ओलीले बोलाएपछि उनीहरु काठमाडौं आएका थिए ।

उनले भनिन्,‘निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरीको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुसी लागेको छ ।

प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुसी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस