Latest News

एक हप्ता विद्यालय बन्द गर्ने घोषणा

Nepalese Times August 22, 2022 (2 Year ago)    558 Views

आफ्ना माग पुरा नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ।

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै परिषदले आन्दोलन भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने बताएको हो।

परिषद्ले योसंगै आन्दोलनका अन्य कार्यक्रम पनि सार्वजनिक गरेको छ। जसअनुसार आगामी भदौ ९ गते खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म विरोध र्याली, १० र ११ गते डिजिटल आन्दोलन र १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने परिषद्ले बताएको छ।

नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीले एकविज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने घोषणा गरेको हो।

विज्ञप्ति अनुसार नेपाल विद्यालय कर्मचारी परिषदको २०७९/०४/२० गतेको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम निरन्तर भइरहेको जनाउदै मिति २०७९ भदौ ४ गते पद्मोदय मावी काठमाडौमा बसेको बैठकले भदौ १२ देखि १८ सम्म एक हप्ता बिद्यालय बन्द गर्ने घोषणा गरेको बताइएको छ।

त्यसैगरी बिज्ञप्तिमा घोषणा भएअनुसार भदौ ९ गते खुल्ला र्याली, भदौ १०, र ११ सम्म डिजिटल आन्दोलन र भदौ १९ गते काठमाडौमा विशाल र्‍यालीको आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस