Latest News

हेर्नुहोस् भदौ ६ गते सोमबारको राशिफल

Nepalese Times August 21, 2022 (2 Year ago)    380 Views
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा कमजोर भएको महशुस हुनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा आजको दिन मन नजाँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाव बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारेवार गर्नेहरुले राम्रै आम्दानी गर्न सक्नेछन् । पढाई लेखाईमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । लेखन तथा साहित्यमा बाँकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानीको अवसर आउनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउदा मन हर्सित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार बिस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेको छ । अध्ययनमा मन जानेछ भने प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । तरपनि काम गर्दा ध्यान पूर्वक गर्नुहोला काम विग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार शुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिज्ञको लागी समय मध्ययम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाइ लेखाईमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अप्ठ्यारा परिस्थिती सँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहै लहैमा लाग्नाले पढाई लेखाई बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलब्धी पनि गुम्न सक्छ । व्यापारमा लगानी गरे पनि न्यून नाफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा प्रविधिको प्रयोग गरि निरन्तर्ता दिन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा अलि बढी समय लगानी गर्दा आम्दानीमा वृद्धि भएर जानेछ । आफन्त तथा दिदी बहिनी तथा कुटुम्वको सहयोगले राम्रा काम गर्न सकिनेछ । तर पनि भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिनेछ । कृतिमानी काम गरी नाम कमाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस