Latest News

बालेनले भेटे काठमाडौं प्रहरी प्रमुख, के- के भयो कुराकानी ?

Nepalese Times August 21, 2022 (2 Year ago)    434 Views

काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुक र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

धानुक र बालेनबीच राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेटघाट तथा छलफल भएको हो । छलफलमा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी सहभागी थिइन् ।

उनीहरूबीच काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ ।ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका सम्बन्धमा पनि छलफल भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितले जनप्रतिनिधिलाई शासक होइन सेवक भएर काम गर्न सुझाव दिएका छन्।

महानगरको मेयरमा बालेन्द्र शाहसँग पराजित स्थापितले निर्वाचनमा जित हारलाई सामान्य रुपमा लिएको पनि बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु’

निर्वाचनमा पराजित भएपनि काठमाडौंको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको उनको भनाई छ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन्’ उनले लेखेका छन्, ‘यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन।’

प्रतिक्रिया दिनुहोस