
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीप्रति अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आर्यघाट पुगेका छन्।
प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा गए राति साँढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
invotech
गिरिको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि अध्यक्ष ओली, प्रधानमन्त्री शेरबहाखुर देउवा, सभामुख अग्नि सापकोटा लगायत शीर्ष नेताहरू आइतबार दिउँसो आर्यघाट पुगेका हुन्।
यसअघि कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको उनको पार्थिक शरिरमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका थिए।
nic
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थियो।
यसअघि मेडिसिटी अस्पतालमा पनि पुगेर विभिन्न राजनीतिक दलका नेताहरुले उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेपाली राजनीतिमा बौद्धिक नेताको पहिचान बनाउन भएका नेता गिरी घाँटीको क्यान्सरबाट पीडित थिए।
