Latest News

कांग्रेस नेता गिरीबारे मेडिसिटी अस्पतालबाट आयो यस्तो खबर, डाक्टरले दिए निराश बनाउने प्रतिक्रिया

Nepalese Times August 20, 2022 (2 Year ago)    430 Views

काठमाडौं ।

कांग्रेस नेता एवं प्रतिनिधिसभा सांसद प्रदिप गिरिको स्वास्थ्यमा कुनै सुधार हुन नसकेको उपचारमा संलग्न डाक्टरहरुले प्रतिक्रिया दिएका छन् ।

मेडिसिटीमा उपचाररत गिरीको अवस्था स्थिर रहेको कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माको भनाइ रहेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा खटिएका चिकित्सकहरुले जानकारी दिएका बताएका छन् ।

आजमात्रै गिरीका धर्मपत्नी भारती सिलवाल गिरीले आफ्नो पतिको स्वास्थ्य स्थिति नाजुक रहेको र शरीरका धेरै अंगहरूले काम गर्न छाडेको जानकारी दिएकी थिइन्। उनले सम्पूर्णलाई स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी थिइन्।

चिकित्सकको टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय समयमा स्वास्थ्य चेकअप गरिरहेका छन् ।

उपचारमा खटिएको टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेका भारतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ । शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस