Latest News

पार्टीको झण्डा ओढाएर गृहमन्त्रीलगायत कांग्रेसका नेताहरुले दिए अन्तिम श्रद्धाञ्जली

Nepalese Times August 20, 2022 (3 Year ago)    951 Views

गृहमन्त्री बालकृष्ण खाँडलगायत कांग्रेसका नेताहरुले उपसभामुख पुष्पा भुषालकी आमा शारदा देवी गाैतमप्रति अन्तिम श्रद्धान्जली दिएका छन् । उनीहरुले पार्टीको झण्डा ओडाएर गोतमको पार्थीव शरिरमा श्रद्धान्जली व्यक्त गरेका हुन् ।

उपसभामुख गौतमकी आमा ९१ वर्षीय गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।

दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् । उनको ज्यान गएसँगै नेपाली कांग्रेसका नेताहरु स्तब्ध भएका छन् ।

‍‍‍====

====

प्रतिक्रिया दिनुहोस