Latest News

हेमराज थापाले पनि गरे उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने भए ?

Nepalese Times August 19, 2022 (3 Year ago)    859 Views

काठमाडौं ।

सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापाले पनि संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले मंसिरका लागि तय भएको चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने घोषणा गरेका हुन् ।

केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा लड्ने घोषण गरेका हुन्।

उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।

समाजका विभिन्न विषय वस्तु लिएर आन्दोलनमा होमिदै आएका उनी अब भने संघीय चुनावमा गएर जनताको पक्षमा लड्ने बताएका छन्। उनले उम्मेदवारी घोषणा कार्यक्रम शनिवार दिउँसोका लागि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस