Latest News

उपचाररत कांग्रेस नेता प्रदीप गिरीबारे मेडिसिटी अस्पतालबाट आयो दुःखद् खबर !

Nepalese Times August 19, 2022 (2 Year ago)    511 Views

काठमाडौं ।

उपचारत प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश भएर फर्किएका छन्।

ललितपुरको नख्खुस्थित मेडिसिटीमा उपचार गराइ रहेका गिरी बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुगेका छन्।

गिरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका कांग्रेस नेताहरुले भेटपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन्।

नेता विमलेन्द्र निधिले गिरीको अवस्था देखेर ‘स्तब्ध र निरिह’ भएको जनाएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली कांग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौँ।’

त्यस्तै उनलाई भेटेर फर्किएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले गिरी मान्छे चिन्ने र बाल्न नसक्ने अवस्थामा रहेको जानकारी दिए।

भेन्टिलेटर कक्षको बाहिरबाटै हेरेर फर्किनु परेको उनले बताए। सामाजिक सञ्जालमा खतिवडाले भनेका छन्, ‘आज पनि म कृष्णप्रसाद भट्टराई जस्तै सम्मान गर्ने नेता प्रदीप गिरि भेट्न अस्पतालमा पुगे। बोलाउन खोजे, बोल्ने प्रयास गर्नु भएन। भगवानसँग अनुरोध गरियो, छिटोभन्दा छिटो स्वस्थ्य भएको देख्न पाउ।’

गिरिलाई बिहीबारबाट आइसियुबाट भेन्टिलेटरमा सारिएको छ। एक महिनाअघि भारतको मुम्बईस्थित एक अस्पतालमा लामो समयसम्म क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो।

यस्तै किरण गिरीले पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै स्टाटस लेखेका छन् । उनले भनेका छन्, ललितपुर बाट उहाँको स्वस्थ्य अवस्था हेरर फर्कदै गर्दा मैले आफुलाई अत्यन्तै स्तब्ध र मर्माहत महसुस गरें । यतिबेला म दाजु प्रदीप गिरीको स्वस्थ्यलाभको लागी इस्वरीय बरदान र चमत्कार को कामना गर्दछु ।

उनले नेपाली कांग्रेसका नेता, समाजबादी चिन्तक, गान्धीबादी आदर्शका प्रतीक माननीय प्रदीप गिरी लाई मेडिसिटी हस्पिटलमा, आइसीयु कक्षमा भेण्टिलेटरको सपोर्टमा उपचार भैरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस