Latest News

‘राष्ट्रपतिलाई नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’

Nepalese Times August 18, 2022 (2 Year ago)    558 Views

काठमाडौं –

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘भूमिका’प्रति व्यंग गरेका छन्।

सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले दिउँसो पठाउँदा विधेयक पास नहुने, तर राति पठाउँदा पास हुने गरेको बताए।

सांसद महतले भने, ‘दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन। गम्भीर विषय रातको समयमा पठाउनुहोला। किनकि रातको समयमा पास गर्ने बानी छ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै महतले हाल एमालेको नेतृत्वमा रहेका अरु चार समिति फिर्ता लिएर लेखा समिति दिन सुझाव पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस