काठमाडौं ।
पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।
मंगलबार उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । हिमानीमा घाँटीको समस्याका साथै ज्वरो रहेको बताइएको छ।
गत २४ साउनमा अस्ट्रेलिया उडेकी उनी ३० गते बिहान ११ बजेको फ्लाइटबाट नेपाल फर्केकी थिइन् । हिमानी ट्रष्टकी संस्थापक शाह आफ्नो तालिकाभन्दा दुई दिनअघि नै फिर्ता भएकी हुन् । उनलाई ज्वरो र रुघाखोकीले एकदमै सताएको बताइएको छ ।
हिमानी ट्रष्ट अष्ट्रेलियाले संसद् र मन्त्रीहरुसंग राखेको कार्यक्रमसमेत छोडेर हिँडेपछि उनलाई बिमारीले सताएको हुनसक्ने अनुमान लगाइएको छ ।
संस्थापक शाह पूर्व राजपरिवारका सदस्यसहित जनैपूर्णिमामा आयोजित कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया गएका थिए। तर, कार्यक्रम सकेर दुई दिनपछि आउनुपर्नेमा उनी चाडै निया फर्केकी थिइन् ।
पूर्वयुवराज्ञी हिमानी शाहको १९७६ अक्टोबर १ तारिखका दिन उनको जन्म भारतको राजस्थान सिकरमा भएको थियो । हिमानी सिकरका १२औं राजा विक्रम सिंहकी माइली छोरी हुन् । उनकी आमा विपुला सिंह बझाङकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनको दुई छोरी र एक छोरा गरी तीन सन्तान छन् ।
हिमानी अहिले आफ्ना पतिसँग निर्मल निवासमा सँगै बस्दिनन् । हिमानीको अधिकांश समय ससुरा र सासू पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहसँग बित्ने गरेको छ ।
परिवारबाट बचेको समय हिमानीले सामाजिक सेवामा लगाउँदै आएकी छन् । उनले ‘हिमानी ट्रस्ट’ खोलेकी छन् । उच्च अध्ययन काठमाडौंकै कलेजमा पूरा गरेकी हिमानी ४४ वर्ष लाग्दा पनि सुन्दरतामा कुनै कमी आएको छैन ।