Latest News

बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच फेरि झडप, प्रहरीले गर्यो हवाइ फायर

Nepalese Times August 16, 2022 (2 Year ago)    516 Views

 

काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच तनाव भएको छ।

उपत्यकाको फोहोर लिएर गएका टिपरलाई स्थानीयले अवरोध गरेपछि झडप भएको हो। त्यसक्रममा प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको छ।

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो ।

झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिएर फोहोर बिसर्जन सुचारु गराइने एसपी मैनालीले बताए । नुवाकोट र काठमाडौंका प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस