Latest News

पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आयो, अब लिटरको कति ?

Nepalese Times August 16, 2022 (2 Year ago)    613 Views

काठमाडौं ।

भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।

त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाा ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो ।

लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन । नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।

समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ ।

यो भाउ अझै घट्ने अनुमान छ । दुई महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ।

प्रतिक्रिया दिनुहोस