Latest News

बालेनलाई असफल बनाउ तर फोहोर उठाउ – प्रवक्ता केसी

Nepalese Times August 16, 2022 (2 Year ago)    451 Views

काठमाडौं –

पुनर्जागरण पार्टीको प्रवक्ता सदिक्षा के.सीले वर्षौंदेखि चलिरहेको फोहोरमा राजनीति अन्त्य गर्न माग गरेकी छिन् ।

प्रवक्ता केसीले बालेन सफल वा असल हुने कुरा प्रधान नभएको भन्दै प्रश्न गरेकी छिन् ” बालेन सफल हुने असफल हुने कुरा ठुलो होईन , राजधानीको फोहोर उठ्छ कि उठ्दैन ? ।

देशको राजधानीमा सयौं देशका नागरिकहरु बसोबास गरिरहेकाले काठमाडौंको फोहोरले अन्तर्राष्ट्रिय स्तरमै पर्यटन बारे कस्तो सन्देश जान्छ ? भनेर समेत प्रश्न गरेकी छिन् ।

केसीले भनेकी छिन् “बालेन असफल हुन् , उनलाई असफल बनाउ – तर फोहोर उठाउ।”

त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस