Latest News

हेर्नुहोस् साउन ३१ गते मंगलबारको राशिफल

Nepalese Times August 15, 2022 (2 Year ago)    585 Views

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गर्न सकिनेछ । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेहरुले लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार होईनेछ । छिटो बोल्दा वा निर्णय गर्दा परिस्थिती बिग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउने तथा दैनिकी प्रभावित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यवसायमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ । घर परिवार तथा आफन्तको विस्वास गर्दा धोका पाईनेछ । माया प्रेममा विस्वासघात हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धीमा दिन व्यतित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तर पनि माया प्रेमको गाँठो कसिलो हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा सहपाठीहरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । राज्यको नजिक भएर काम गर्नेहरुले पद पाउँने योग रहेको छ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तहरु टाडिने तथा पती पत्नी विच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस