Latest News

शङ्करले पत्नी र सासूलाई मट्टितेल छर्केर आगो लगाए, एकजनाको ज्यान गयो

Nepalese Times August 15, 2022 (2 Year ago)    457 Views

काठमाडौं ।

करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाए ।

याप्हश्रमध्ये पत्नीको ज्यान गएको छ भने सासूको अवस्था पनि खतराजनक रहेको प्रहरीले जनाएको छ ।

रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठ्यु जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएका थिए ।

उनीहरु दुबै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरुको उपचार सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा ज्यान गएको भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताएका छन् ।

सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस