Latest News

जंगलमा घास काट्न गएका दुबै जनाको ज्यान गएपछि सुर्खेतमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

Nepalese Times August 15, 2022 (2 Year ago)    439 Views

काठमाडौं ।

जंगलमा घाँस काट्न गएका दुई जनाको ज्यान गएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीय आक्रोसित बनेका छन् ।

भेरीगंगा नगरपालिका ५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द र कवि ओली जंगली जनावरको आक्रमणका कारण ज्यान गएको अवस्थामा फेला परेपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका हुन् ।

सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबई पुल पारी र वारितर्फ रोकिएका छन् ।

चन्द र ओलीको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको थियो । आइतबार बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरीचौकी बबईलाई खबर गरेका थिए ।

यस्तै रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो ।

रोहिणी गाउँपालिका– १ बाइपास रोडको सिद्धार्थ रेष्टुराँमा एक समूहले गररगहना लुटेर भाग्ने क्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीको अनुमान छ ।

सो रेष्टुराँमा काउन्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ । प्रहरीले होटल सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस