Latest News

कोमल वलीले पनि गरिन् उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने भइन् ?

Nepalese Times August 12, 2022 (2 Year ago)    480 Views

काठमाडौं ।

नेकपा एमालेकी नेतृ कोमल वलीले पनि उम्मेदवारी घोषणा गरेकी छिन् । उनले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सांसद पदका लागि लड्ने बताएकी छन्।

मंसिर ४ गते तोकिएको निर्वाचनमा आफू निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्नेबारे अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग कुरा भइररहेको र आफू त्यहि क्षेत्रबाट चुनाव लड्ने उनले बताएकी छिन् ।

उनले भनिन् – मैले अध्यक्षज्यू र महासचिवज्यूलाई आफ्नो कुरा राखेकी छु । उहाँहरूले हेरौंला, बुझौंला भन्नुभएको छ।’

टिकटको सवालमा महासचिव पोखरेलको बढी भूमिका रहने हुँदा आफूले टिकट पाउने पूर्व राष्ट्रियसभा सदस्य समेत रहेकी वलीले विश्वास व्यक्त गरिन्।

आफूले टिकट पाएमा जित्ने भन्दै उनले पार्टीले महिलालाई उत्तिकै सम्मान गर्ने छ भन्ने आफूलाई विश्वास लागेको बताइन् । यो निर्वाचन क्षेत्रमा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेको नाम पनि एमालेबाट चर्चामा छ।

त्यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीले पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेको चर्चा छ। नेता गिरीले त्यसको तयारी धेरै पहिलेदेखि नै गर्दै आएको उनीनिकट बताउँछन्।

यस्तै आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ । यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।

दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए । दर्ता नम्बर ३८१ रहेको छ।

यसअघि आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । त्यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस