Latest News

बाबुराम भट्टराईको क्षेत्रबाट चुनाव लड्ने कांग्रेस नेता पाण्डेको घोषणा, के गर्ला सत्ता गठबन्धन ?

Nepalese Times August 11, 2022 (2 Year ago)    523 Views

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नम्वर २ मा डा बाबुराम भट्टराईलाई सहयोग गरेर आफूहरुले भोट हालेर जिताएको भन्दै उनले भने, – तर, निर्वाचित भएर गएपछि उहाँले कांग्रेसप्रति गरेको व्यवहारले कार्यकर्ताको मन कुँडिएको छ ।

२०७० र २०७४ सालको चुनावमा विभिन्न कारणले उम्मेदवारी दिन नपाएका भन्दै उनले यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए । एउटै निर्वाचन क्षेत्रमा पटक पटक अन्य पार्टीलाई भोट हाल्न सक्ने अवस्था नभएकाले पनि यो पटक क्षेत्र नम्वर २ कांग्रेसले लिने उनले बताए ।

गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल हुने र दुई पार्टीले आधा आधा सिट लिने भन्दै उनले गोरखा २ बाट आफू उठ्ने घोषणा गरेका हुन् ।

सत्ता गठवन्धनमा रहेका अन्य दलको औचित्य गोरखामा खासै नभएको तर्क गर्दै उनले दुई वटा संघीय निर्वाचन क्षेत्रमध्ये एउटा कांग्रेस र अर्को माओवादीले लिने र चार वटा प्रदेश निर्वाचन क्षेत्र आधा आधा गर्ने भन्ने रहेको बताए ।

कुन क्षेत्र कसले लिने भन्ने बिषयमा भने निर्णय हुन बाँकी रहेको भन्दै उनले त्यो केन्द्रले गर्ने निर्णय भएको र आफूहरुले दिएको सल्लाह सुझाव अनुसार केन्द्रले निर्णय गर्ने बताए ।

संघीय निर्वाचन क्षेत्र नम्वर २ कांग्रेसले लिने र क्षेत्र नम्वर १ माओवादीलाई दिने गरी सहमति हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस