Latest News

एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिने घोषणा

Nepalese Times August 11, 2022 (2 Year ago)    437 Views

काठमाडौं ।

नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा दलहरु एक्ला एक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका हुन ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले भने, ‘एक्ला एक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा गर्नुभएको सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा पनि लगाए । ‘एमाले मार्क्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तीय गठबन्धन हो’ अधिकारीले काँग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरे ।

अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै अधिकारीले भने, ‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् ।

एक्सपर्ट–इम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । सङ्घीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस