Latest News

सुनिताकी भदैनी रुँदै मिडियामा, तारकेश्वर घटनामा अरु पनि थिए संलग्न !

Nepalese Times August 2, 2022 (2 Year ago)    463 Views

काठमाडौं ।

सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालमा एउटा नमिठो घटना भयो । पारिवारिक कलहका कारण ४ जनाले अकालमै ज्यान गुमाउनुपर्यो ।

यो घटनामा विभिन्न ट्वीस्टहरु आउने क्रम जारी रहेको छ । घटना हुनुभन्दा पहिले पनि दिनेश पाण्डेको परिवारमा पटक–पटक झगडा हुँदै आएको स्वयं उनीहरुकै आफन्तहरु बताउँछन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको ज्यान लिएर आफूले पनि ज्यान फालेको प्रहरीको आशंका रहेको छ ।

तर, यो घटनामा दिनेश पाण्डे एकजनाले मात्रै अरु ३ जनाको ज्यान लिन नसक्ने भन्दै पार्वती काप्रीको माईती पक्ष मिडियामा आएको छ ।पार्वतीको जेठो दाईकी कान्छी छोरीले दिनेश पाण्डे र उनका परिवारका अरु सदस्यको मिलेमतोमा यो घटना गराएको बताएकी छिन् ।

उनले एक युटुब च्यानलमा अन्तर्वाता दिँदै दिनेशको परिवारका अरु सदस्य र उनका नजिकका व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने भनेकी छिन् । पारिवारिक झगडा यसअघि पनि पटक–पटक भएको आफूहरुलाई अवगत रहेको र यस्तो घटना हुन सक्ने आशंका पहिल्यै नै आफूहरुले गरेको उनले बताएकी छिन् ।

दिनेश विदेशबाट आउनुभन्दा अगाडि नै आफूहरुले फुपु (सुनिता) लाई छुट्टै बस्न भनको तर परिवार विग्रने डरले मान्न तयार नभएपछि घर झगडा झनै चर्किएको बताइन् ।

उनले भनेकी छिन्, ‘मैले पनि भिनाजु विदेशबाट आउनुभन्दा अगाडि नै छुट्टिएर बस्नुस् भनेको थिएँ । त्यसबेला भेनाजुले दिदिलाई पानीमुनी गए पनि टुक्रा–टुक्रा पार्छु भनेको मेरै कानले सुनेको हुँ ।’

काठमाडौंमा रहेको घर फूपू दिदि (सुनिता) को नाममा रहेको भन्दै उनले फूपूको नाममा रहेको भएपनि भिनाजु निदेशले घर बेच्नका लागि बैना लिगेपछि घर कलह झनै बढेर गएको बताइन् ।

यसअघि आफ्नो अंकल फुपुको घर जाँदा दिनेशले ताल्चाले हानेको र समाजको मान्छे राखेर मिलापत्र गराएकोसमेत उनले खुलाईन् । उनले दुबै पक्षका मान्छे बसेर अबदेखि यस्तो गल्ती नदोहोर्याउने सहमतिसमेत भएको बताइन् ।

यस्तै उनले पछिल्लो समय जताततै यस्तो घटना भएको भन्दै सरकारले तत्काल उचित नियम बनाउनुपर्ने र दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने बताइन् । उनले दिनेश विदेश हुँदा छोरा र छोरी निक्कै खुशी देखिने गरेको भएपनि उनी नेपाल आएपछि निक्कै तनावमा धेरै समयदेखि देखिने गरेकोसमेत बताइन् ।

पछि स्वदेश आएपछि चुप लागेर बस्ने, तनावमा रहेको जस्तो देखिने, सोचिरहनेलगायत लक्ष्ण ११ वर्षकी छोरीमा देखिएको र डिप्रेसनमा पो जाने हो कि भन्ने आफूहरुलाई पहिल्यै चिन्दा लागेकोसमेत बताइन् ।

घर झगडाले उग्र रुप लिन थालेपछि फुपु सिजनल भिसामा बेलायत जाने तयारीमा रहेको र पैसा कमाएर ल्याएर आफ्नो बच्चाहरुको राम्रो हेरचाह गर्ने भनेर आफूहरुसँग भनेकोसमेत स्मरण गरिने । यस्तै उनले पसल राख्दा सुनितालाई पसल जान नदिने गरेको र संधै स–साना कुराहरुमा पनि झगडा भइरहने र निहुँ केही नचाहिनेसमेत उनले अन्तर्वार्तामा भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस