Latest News

तारकेश्वर घटनामा नयाँ ट्वीस्ट, बेलायत उड्ने तयारीमा थिइन् सुनिता !

Nepalese Times August 1, 2022 (2 Year ago)    652 Views

काठमाडौं ।

काठमाडौं । तारकेश्वर घटना बाहिरिएसँगै त्यसको पर्दापछाडिका विभिन्न तथ्यहरु बाहिरिन थालेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना ज्यान गएको अवस्थामा फेला परेसँगै यस घटनालाई विभिन्न कोणबाट हेर्न थालिएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका(६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको ज्यान लिएर आफूले पनि ज्यान फालेको आशंका गरिएको छ ।

दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् । दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवारिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए ।

पछिल्लो समय भने सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् । त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।

पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको ज्यान लिएर आफूले पनि ज्यान फालेको शंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् । घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ, जुन दिनेशको मानिएको छ ।

प्रतिक्रिया दिनुहोस