Latest News

तारकेश्वर घटना हेरेर प्रहरीले निकाल्यो प्रारम्भिक निष्कर्ष, वास्तविकता के हो ?

Nepalese Times August 1, 2022 (2 Year ago)    419 Views

काठमाडौं ।

काठमाडौंको तारकेश्वर काभ्रेस्थलीका एकै परिवारका ४ जनाको ज्यान जानेगरी भएको घटनामा प्रहरीले पनि मुख खोलेको छ । प्रहरीले उनीहरुल्े आ–त्मह–त्या गरेको प्रारम्भिक अनुमान गरेको छ । घटनास्थलमा पुगेको प्रहरीले एकै परिवारका चार जनाले आत्महत्या गरेको अनुमान गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा आ–त्मह–त्या गरेको अनुमान गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । ‘

घटनास्थलको प्रकृति हेर्दा परिवारका सबैले आ–त्मह–त्या गरेको देखिन्छ’, उनले भने, ‘प्रहरीले घरको ढोका फोडेर शव बाहिर निकालेको छ, त्यसका आधारमा आत्महत्या भएको हुनसक्छ ।’

तारकेश्वर नगरपालिका–११ काभ्रेस्थलीमा श्रीमान–श्रीमती र दुई छोराछोरी ज्यान गुमाएके अवस्थामा सोमवार फेला परेको थियो । प्रहरीका अनुसार १३ वर्षकी छोरी, ८ वर्षका छोरा र श्रीमान–श्रीमती सबैजना शव फेला परेको हो । उनीहरूको पहिचान भने खुलेको छैन ।

अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ ।

ज्यान गुमाउनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।

घटनास्थलमा चक्कु पनि फेला परेको छ। घटनास्थलमा रहेका प्रहरीका अनुसार बाह्य मान्छे पुगेर ह-त्या गरेको जस्तो भने देखिएको छैन।उनीहरु मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो।

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए।

दिनेश भने झुण्डिएको अवस्थामा फेला परेका छन्। उनको पनि शरीरमा चोट पटक देखिएको छ। घटनास्थलमा भेटिएको चक्कु पनि सोही घरको किचनको भएको खुलेको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान तथा मुचुल्का गरिरहेको छ।

नेपालमा वर्षेनी आ-त्मह-त्या बढ्दो छ । सन् १९९० को दशकको तुलनामा अहिले आ-त्मह-त्याको दर ६० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस