वीरगञ्ज ।
माद्यामिक शिक्षा परीक्षा (एसईई) मा वीरगञ्जकी १ छात्रासहित देशैभरबाट ४२ जनाले ४ जिपिए प्राप्त गरेका छन् । वीरगञ्जको गौतम माद्यामिक विद्यालयमा अध्ययनरत छात्रा राशी पराजुलीले ४ जिपिए ल्याएर एसईई उतिर्ण गरेकी छिन् ।
गौतम माविबाट यस शैक्षिक सत्रमा १ सय ६९ जना परीक्षार्थीमध्ये पराजुलीले ४ जिपिए ल्याएकी छिन् भने ३५ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ५९ जना ए ग्रेडमा उतिर्ण हुँदा ४८ जनाले बी प्लस ल्याएको गौतम माद्यामिक विद्यालयका व्यवस्थापन सदस्य रमेश शर्माले जानकारी दिए ।
उनले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना विद्यार्थीले बी ग्रेड ल्याएका छन् । वीरगञ्जलाई शैक्षिक हब बनाउने उद्देश्यमा यो नतिजाले अँझै उर्जा थपेको गौतम माविका सञ्चालक सोनम लामाले बताए ।
कोरोना कहरको विषम परिस्थितीका बाब्जुद पनि विद्यालयले प्राप्त गरेको नतिजाले शैक्षिक गुणस्तर र अभिभावक एवम् विद्यार्थीहरुको बिश्वासलाई अँझै सुदृढीकरण गर्ने लामाको भनाई छ ।
सम्भवतः मधेश प्रदेशभित्रका विद्यार्थीहरुमध्ये ४ जिपिए ल्याउने गौतम मावि भएको स्कुलले दावी गरेको छ ।