Latest News

यस्ता माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, फेरि पेट्रोल अभाव हुने संकेत

Nepalese Times July 31, 2022 (2 Year ago)    413 Views

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएका छन्।

बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन्। उनीहरुले भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएका थिए।

यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो। तर आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन्।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने भएका छन्। २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ।

गत चैतमा पनि व्यवसायीहरुले यस्तै माग राखेर संयुक्त आन्दोलन गरेका थिए । तर, आन्दोलित व्यवसायीहरु सत्तारुढ राजनीतिक दल सर्मथक व्यवसायीहरु भएका कारण स्थानीय निर्वाचनको मुखैमा भएकाले आन्दोलन रोक्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस