Latest News

नागरिकता विधेयक पारितको हप्ता नबित्दै यी भारतीयले गरे संसदीय चुनावमा उम्मेदवारी घोषणा

Nepalese Times July 31, 2022 (2 Year ago)    465 Views

वीरगञ्ज

प्रतिनिधि र राष्ट्रिय सभाबाट बहुमतले नागरिकता विधेयक पारित भएको हप्ता दिन बित्दै एकजना भारतीय नागरिकले जन्मसिद्ध नागरिकताको आधारमा प्रतिनिधि सभाको उम्मेदवार हुने घोषणा गर्दै पर्सा जिल्लामा पोष्टरहरु झुण्डयाएका छन् ।

राजसंस्था पुनर्सथापनाको महान अभियानमा अग्रसर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता भनिने व्यक्ती हुन सर्लाही जिल्लाको तत्कालीन कविलासी गाउँ विकास समितिको वडा नम्बर ८ बाट २०६३ साल माघ १७ गते जन्मको आधारमा नागरिकता लिएका नरेश कुमार साह भारतको पनि नागरिक रहेका छन् ।

केहिदिन यता समाजिक संजालमा राप्रपाको प्रभावशाली नेता भनि लेखिएर गरिएको पर्सा जिल्लाको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर २ बाट संभावित उम्मेदवार रहेको पोष्टर र प्रचार बाजी नरेश कुमार साह २०६३ सालमा खटिएको नागरिकता टोलीबाट सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नम्बर ८ मा जन्म भएको भुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका साह भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा भएको खुलेको हो ।

निजको हालसम्म भारत विहार सितामढी जिल्ला रिगा विभानसभा अन्तरगत बेलमा जग्गा जमिनका साथै भारतीय नागरिकता र मतदाता सुचिमा समेत नाम उल्लेख रहेको प्रमाण फेला परेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पास भएको नागरिकता संशोधन सम्बन्धी विधेयकको राप्रपाका अध्यक्ष लिंगदेनले कडा आलोचना गरिरहेका छन् । उनले नागरिकता संशोधन विधेयकले देश ‘सिक्कमीकरण’ हुने तर्कदिदै विरोध गरिरहेका छन् ।

तर उनका नेता साहले जन्मसिद्ध नागरिकता सम्बन्धी विधेयक दुवै सदनबाट पारित भए लगतै प्रतिनिधि सभामा उम्मेदवारीको घोषणा गरेका छन् ।

साहको नागरिकता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ । उजुरीको आधारता जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको सिलसिलामा निजलाई झिकाएर थप एवं गहन अनुसन्धान गरिरहेको बुझिन आएको छ ।

प्रतिक्रिया दिनुहोस