काठमाडौँ ।
साहाराको घरका तिनै जना छोरीहरुले राम्रो नतिजा सहित उत्तिण भएका छन् । जसका कारण परिवार विहिन छोरीहरुलाई संरक्षण गर्दै आएकी कुसुम अहिले खुशीले फुरुगं छिन् ।
एसईई परीक्षाको सार्वजनिक नतिजा अनुसार तिनै जना छोरीहरु सरस्वती, अनिता र आकृतिले राम्रो नतिजा ल्याएसँगै अहिले साहाराको घर सस्थामा खुशीयाली छाएको संचालिका कुसुमले बताइन् । एसईईमा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
उत्तीर्ण हुने छोरीहरु क्रमश आकृती सुनार , अनिता प्रजा र सरस्वती रोकाया आर्जु छन् । हाल साहाराको घरमा १९ जना छात्राहरु रहेको साहाराको घरकी संचालीका कुसुम साहारा (स्वस्तिका तिवारी) ले बताइन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ।
यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको बोर्डले जनाएको छ ।