Latest News

यी हुन् एसइईमा सबैभन्दा बढी जीपीए ल्याउने रुप्रासा, कति जीपीए ल्याइन् ?

Nepalese Times July 28, 2022 (2 Year ago)    723 Views

सोलुखुम्बु ।

रुप्रासा श्रेष्ठले यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा सोलुखुम्बुबाट सबै भन्दा बढी जीपीए प्राप्त गरेकी छिन् ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार ह्वाइट हिल्स् सेकेन्डरी स्कूल सल्लेरीका श्रेष्ठले ३ दशमलव ८५ जीपीए प्राप्त गरेर जिल्ला टप गरेकी छिन् ।

दोश्रोमा गार्मा माध्यमिक विद्यालय गार्मा प्राविधिक धारतर्फका छात्र उमेशजंग खत्री रहेका छन् ।

उनले ३ दशमलव ६४ जीपीए प्राप्त गरेका छन् । तेश्रोमा केदार माध्यमिक विद्यालय सल्यानका छात्र प्रज्वल बाबु बास्तोला रहेका छन् । उनले ३ दशमलव ६० जीपीए प्राप्त गरेका शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।

जिल्लामा ६६ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ३५२ जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, ७३६ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ५७२ जनाले २ देखि २ दशमलव ४ जीपीए, १३३ जनाले १ दशमलव ६ देखि २ जीपीए र ११ जनाले १ दशमलव २ देखि १। ६ जीपीए प्राप्त गरेका छन् ।

सोलुखुम्बुमा यस वर्ष ५१ वटा विद्यालयका १ हजार ८ सय ७३ जना विद्यार्थी एसईई परिक्षामा सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस