Latest News

सानैमा आमा गुमाएकी पासाङ बनिन् सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी

Nepalese Times July 27, 2022 (3 Year ago)    584 Views

काठमाडौं ।

नेपालमा आज राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । छिमेकी मुलुक भारतमापनि हिजो नतिजा प्रकाशित भएको थियो । नेपालमा सर्वोत्कृष्ट अंक ल्याउँने को हो ? अझै खुलेको छैन

तर भारतमा नेपाली भाषी (नेपाली मुलनिवासी) विद्यार्थीले माध्यमिक परीक्षामा सबैभन्दा उत्कृष्ट अंक ल्याएर चकित बनाएकी छिन् ।

टेक्नो ईन्डिया जिआरपी पब्लिक स्कुल सिलिगुडीका छात्रा पासाङ डोल्मा जिम्बाले यस बर्षको माध्यमिक परीक्षामा सबै बिषयमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी हुन् ।

उनको नतिजाले स्कुल, अभिभावक साथै मिरिक क्षेत्रको नाम रोशन भएको भन्दै त्यहाँका स्थानीय र विद्यालयहरुले खुशी व्यक्त गरिरहेका छन् ।फुवागडी निवासी पिता प्रणाम जिम्बा अनि माता स्व. अनु लामाको एक मात्र सुपुत्री पासाङको यस शैक्षिक उपलब्धिका निम्ति फुवागडी लगायत मिरिकवासीले हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

आमा सानैमा गुमाउँनु परेको पिडाका बावजुदपनि पासाङले अत्याधिक अंक ल्याएर भारतभर चर्चा कमाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस