काठमाडौं ।
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वयमसेवक माग गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको छ। पार्टीले आज निकालेको सूचनामा आठ जना जनसम्पकर्क डेस्क स्वयसेवक मा भएको छ।
बिहान १० देखि साँझ ६ बजेसम्म उनीहरूले काम गर्नुपर्ने हुन्छ भने समयावधि २ महिना मात्रै रहेको छ। यस्तै कम्प्युटर अपरेटर १० जना माग भएको छ। उनीहरूले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।
पार्टीले सोसल मिडिया सहयोगी २० जना माग गरेको छ। उनीहरूले १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।स्वयमसेवा गर्न किन इच्छुक छु भन्ने व्यहोराको साथमा वैयक्तिक विवरण पनि पठाउन पनि उक्त पार्टीले आग्रह गरेको छ।
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको विज्ञप्ति
स्वयंसेवक आवश्यकता
राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय कार्यालय, बसुन्धारा, काठमाण्डौमा रहेर स्वयंसेवकको रुपमा काम गर्न इच्छुक युवाहरु आवश्यक भएको ब्यहोरा सुचित गरिन्छ ।
१. जनसम्पर्क डेस्क स्वयंसेवक
आवश्यक संख्याः ८ जना
कार्य समयः १० देखि ६ बजे सम्म
समयावधिः २ महिना
२. कम्प्युटर अपरेटर
आवश्यक संख्याः १० जना
कार्य समयः १० देखि ५ बजे सम्म
समयावधिः २ महिना
३. सोसल मिडिया सहयोगी
आवश्यक संख्याः २० जना
कार्य समयः १० देखि ५ बजे सम्म
समयावधिः २ महिना
जागरुक, इच्छुक युवाहरुले स्वयंसेवा गर्न किन इच्छुक हुनुहुन्छ भन्ने ब्यहोराको साथमा CV पठाउनुहोला । आवेदन पठाउने इमेल: [email protected]