Latest News

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ महत्वपूर्ण निर्णय (सूचीसहित)

Nepalese Times July 26, 2022 (2 Year ago)    392 Views

काठमाडौं –

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त ९५ करोड रुपियाँ बराबरको अनुदान स्वीकार गर्नेलगायत निर्णय गरेका सरकारका प्रवक्ता एवम् संचारमन्त्री कार्कीले बताए ।

स्वीजरल्याण्डबाट प्राप्त हुने ९५ करोड रुपैयाँ (७.४८ मिलियन स्वीस फ्रैक)को अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

खानोपानी तथा सरसफाइको लागि ईयूबाट प्राप्त हुने १ अर्ब ३७ करोड रुपैयाँ (१०.५ युरो मिलियन)को अनुदान सहायता पनि स्वीकार गर्ने सोमवारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । ​

सरकारले नेपालमा आयात न्यूनीकरण तथा व्यवस्थापन गर्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।

आयात बढेको र विदेशी मुद्राको सञ्चिति घटेको सहितको विषयमा आयातको महत्वपूर्ण भूमिका रहेकोले पनि सरकारले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

९ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त अध्ययन समितिदेखि नियुक्ति र भ्रमण आदेश दिनेसहितका १२ बुँदामा निर्णय गरेको छ । मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनयन गर्ने, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस