Latest News

यी तीन देशका लागि राजदूत नियुक्त, क-कसले पाए जिम्मेवारी ?

Nepalese Times July 26, 2022 (3 Year ago)    468 Views

काठमाडौं –

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार स्पेन, रुसी महासंघ र डेनमार्कका लागि भण्डारीले राजदूत नियुक्त गरेकी हुन्।

स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिबाट नियुक्तिका लागि अनुमोदन भएको थियो। समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन्।

त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस